नियम १३०
बील वा विजकको जा“च
निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवा प्रदायक वा
परामर्शदाताले भुक्तानीको लागि पेश गरेको बील वा विजक प्राप्त भएपछि स्थानीय
निकायले त्यस्तो बील वा विजक खरिद सम्झौतामा उल्लिखित प्रावधान बमोजिमको
भए नभएको जा“च गरी सो अनुरुपको नभएमा सोको जानकारी सम्बन्धित आपूर्तिकर्ता,
निर्माण व्यवसायी, सेवाप्रदायक वा परामर्शदातालाई तुरुन्त दिनु पर्नेछ ।